०६ साउन २०८३, बुधबार

१४ किलो सुन प्रकरण : त्रिभुवन विमानस्थलको सरसफाइ सुपरभाइजर पक्राउ

मंसिर २८, २०८०
काठमाडौं
१४ किलो सुन प्रकरण : त्रिभुवन विमानस्थलको सरसफाइ सुपरभाइजर पक्राउ

१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलकी सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ परेकी छन् ।

अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सारक टोकराज पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

बिहीवार राति गोरखाका चन्द्र घलेले ज्याकेटमा राखेर ल्याएको १४ किलो सुन बरामद भएको थियो ।

घलेले ल्याएको सुन शौचालयमा राखेर फोहोरसँगै बाहिर निकाल्ने योजना रहेको पाइएपछि सरसफाइ सुपरभाइजरलाई समेत पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रमुख भन्सारक पाण्डेले बताएका छन् ।

कमेन्ट गर्नुहोस्