
अभिनेत्री पूजा शर्मालाई एक्सन अवतारमा प्रस्तुत गरिएको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ ।
‘लभर गर्ल’को रुपमा रुचाइएकी उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी हुन् ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक टिजरमा पूजा एक्सन अवतारमा प्रस्तुत छिन् ।
रुपेश तामाङको निर्देशन रहेको चलचित्रमा पूजाका साथमा कुन्साङ बोन्जनले शीर्ष भूमिका निर्वाह गरेका छन् । रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन, बन्द्रे प्रसादको सम्पादन छ । चलचित्रको निर्मातामा देव मगर र अनुप गडाल छन् ।
प्रदर्शन मिति केही सातामा तय गरिने निर्माण पक्षले जनाएको छ ।