१० साउन २०८३, आइतबार
धनकुटामा ओलीमाथि आक्रमण

ओलीमाथि आक्रमणबारे प्रहरी: आक्रमणकारीले मदिरा सेवन गरेका रहेछन्, पहिचानवादी होइनन्

मंसिर २८, २०८०
विराटनगर
ओलीमाथि आक्रमणबारे प्रहरी: आक्रमणकारीले मदिरा सेवन गरेका रहेछन्, पहिचानवादी होइनन्
फाइल तस्वीर ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईले मादक पदार्थ सेवन गरेको दाबी गरेको छ ।

रोक्न खोज्दाखोज्दै भीडमा पसेर उनले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

राईलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजे पनि भीडबाट छिरेर गएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए ।

महालक्ष्मी– ५ धनकुटाका राई एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेको प्रहरीले जनाएको छ । 

‘प्रहरीले उनलाई रोक्न खोजेका थिए । तर, एमालेकै कार्यकर्ताहरूको सहयोग लिएर उनी लाइनमा छिरेका हुन्,’ डीआईजी बाँस्तोलाले भने, ‘आक्रमणकारीले मादकपदार्थ (मदिरा) पनि सेवन गरेका रहेछन् ।

आक्रमणलगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । नामकरणविरुद्ध कोशी प्रदेशमा पहिचानवादीकाे आन्दोलन भइरहेको बेला ओलीमाथि आक्रमण भएको हो । यसले गर्दा आक्रमणकारी पहिचान पक्षधर भएको हुनसक्ने कतिपयको भनाइ थियो । तर प्रहरीले भने आक्रमण गर्ने राई पहिचानवादी नभएको दाबी गरेको छ ।

हुन पनि यसअघि बिहीवार बिहान भोजपुरमा पहिचान पक्षधरले ओलीलाई कालो झण्डा देखाएका थिए । भोजपुरको सदरमुकाम भोजपुर बजारबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् । 

मध्यपहाडी संकल्प यात्राअन्तर्गत धनकुटाको लेगुवा पुगेका एमाले अध्यक्ष ओलीमाथि बिहीवार दिउँसो आक्रमण भएको हो ।

फूलमाला र अबिरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई टाउकोमा मुड्का प्रहार गरेका हुन् । तर उनले हानेको मुक्का ओलीलाई चोट पर्नेगरी भने लागेन ।

आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । यसपछि राईलाई प्रहरीले  नियन्त्रणमा लिएको थियाे । 

ओली बिहीवार भोजपुरबाट धनकुटा आएका थिए । त्यसपछि उनी जन्मजिल्ला तेह्रथुम पुगेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्