
भारतले तेस्रो तथा अन्तिम टी-२० आई खेलमा दक्षिण अफ्रिकामाथि सानदार जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा कप्तान सूर्यकुमार यादवको शतक र स्पिनर कुलदीप यादवको घातक बलिङको सहयोगमा भारतले दक्षिण अफ्रिकामाथि १०६ रनको सानदार जीत हात पारेको हो । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
जितको लागि २०२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रनमा अल आउट भयो ।
भारतका कुलदीप यादवले २.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय रन बनाए ।
यशस्वी जैसवाल ४१ बलमा ६० र रिंकु सिंह १४ रन बनाए ।
पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो ।