१३ असार २०८३, शनिबार

धनुषामा बालिकाको शव भेटियो, २ जना पक्राउ

मंसिर २९, २०८०
काठमाडौं
धनुषामा बालिकाको शव भेटियो, २ जना पक्राउ

धनुषामा एक बालिकाको शव फेला परेको छ । बुधबार घरनजिकैबाट हराएकी धनुषाको सबैला नगरपालिका-९ कुसमहाकी अन्दाजी पाँच वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा फेला परेको हो । 

पानी जमेको खाल्डीमा उनको शव नग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको उनले बताए । 

अनुसन्धानका क्रममा दुई जनालाई नियन्त्रणमा लिएको समेत उनले बताए । तर, पक्राउ गरिएका बारे भने केही खुलाउन निमिल्ने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्