१० साउन २०८३, आइतबार

राष्ट्रियसभा निर्वाचन : दल दर्ता गर्ने आज अन्तिम दिन

मंसिर २९, २०८०
काठमाडौं
राष्ट्रियसभा निर्वाचन : दल दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ । 

मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउने आयोगले जनाएको छ । 

फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छन् । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । १ जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्