०४ असार २०८३, बिहीबार

ओलीले बाबुको हातबाट भन्दा पहिला राष्ट्रपति भण्डारीको हातबाट टीका लगाउने !

कात्तिक २०, २०७४
ओलीले बाबुको हातबाट भन्दा  पहिला राष्ट्रपति भण्डारीको हातबाट टीका लगाउने !
काठमाडौं, असोज १४— राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दशैंको टीका लगाइदिने भएकी छिन् । आज ११ः५५ को शुभ साइतमा राष्ट्रपतिबाट टीका ग्रहणका लागि ओली शीतल निवास पुग्ने कार्यक्रम रहेको छ ।oli bidhya
शीतल निवासमा टीकाटालो सकिएपछि उनले आफ्नो बाबुको हातबाट बालकोटमा टीका लगाउने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति कार्यालयले सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले भने यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।


नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको र टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्