०७ साउन २०८३, बिहीबार
नक्कली भुटानी शरणार्थी प्रकरणबारे एमाले अध्यक्ष

ओलीको आरोप– बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडियो

मंसिर ३०, २०८०
काठमाडौं
ओलीको आरोप– बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडियो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन्

समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत शनिवार दिउँसो पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

कांग्रेसका खाणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै ओलीले आपत्ति जनाए ।

null

‘कांग्रेसका बालकृष्ण खाण छुटे । तर हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ । टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश हुन्छ अनि कहाँ हुन्छ !,’ संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले भने ।

नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । तर हाल एमाले भएका पूर्वमाओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ ।

यस्तै अदालतबाट ३० लाख धरौटीमा छुटेका खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि १५ लाख रुपैयाँ धरौटी मागेको छ । उनी शुक्रवार रिहा भएका छन् । 

null

अर्को प्रशंगमा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिएर एकमनाको सरकार बनाउने ठाउँमा पुर्याउन आग्रह गरे । 

आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी ओली फिदिम आइपुगेका हुन् ।  

बैतडीको झुलाघाटबाट मंसिर १४ मा थालनी भएको १९ दिने संकल्प यात्राका क्रममा उनी बिहीवार जन्मजिल्ला थेह्रथुम पुगेका थिए ।

एमालेको संकल्प यात्रा आइतवार पाँचथरको चिवाभन्ज्याङ पुगेर टुंगिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्