२८ जेठ २०८३, बिहीबार

युक्रेनले इयु सदस्यताका लागि २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने

मंसिर ३०, २०८०
काठमाडौं
युक्रेनले इयु सदस्यताका लागि २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने

युक्रेनले युरोपेली संघ (इयु) को सदस्य बन्नका लागि २ हजार ७३९  वटा कानुनी  प्रक्रिया पूरा गर्न आवश्यक  रहेको बताइएको छ ।
युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यस बारे जानकारी गराएका हुन् । 
"आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौं। हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं," सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ । 

त्यसका लागि  लगभग २८ हजार  ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उनले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्