१० साउन २०८३, आइतबार
एमालेको यात्रा पश्चिमदेखि पूर्व

झुलाघाटबाट शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा आज चिवाभञ्ज्याङमा टुंगिदै

पुस १, २०८०
काठमाडौं
झुलाघाटबाट शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा आज चिवाभञ्ज्याङमा टुंगिदै

सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा आज सुदूरपूर्वको पाँचथरमा रहेको चिवाभञ्ज्याङमा गएर टुंगिदै छ ।

गत मंसिर १४ गते थालनी भएको संकल्प यात्रा १८ दिपछि आज टुंगिन लागेको हो ।  

शनिवार एमालेले पाँचथर सदरमुकाम फिदिममा यसअघिको अन्तिम सभा गरेको थियो । 

त्यहाँ आयोजित कार्यक्रमलाई शनिवार दिउँसो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका थिए ।

जहाँ उनले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिएर एकमनाको सरकार बनाउने ठाउँमा पुर्याउन आग्रह गरेका थिए ।

आफ्नो जन्मजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनी फिदिम पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्