०३ साउन २०८३, आइतबार

चार वर्षपछि हुने चुनावको चिन्ता होइन, भिजन– ९५ मा अगाडि बढौं : विश्वप्रकाश शर्मा

पुस १, २०८०
बाग्लुङ
चार वर्षपछि हुने चुनावको चिन्ता होइन, भिजन– ९५ मा अगाडि बढौं : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् ।

प्रेस युनियन बागलुङले आज बाग्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिए ।

उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए ।

'नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनाऔं', शर्माले भने ।

सो अवसरमा आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए ।

'अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ', महामन्त्री शर्माले भन्नुभयो, 'सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौं, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौं ।'

उनले चुनावको चिन्ता छाडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको धारणा समेत राखे ।

salt training

कमेन्ट गर्नुहोस्