०२ साउन २०८३, शनिबार

सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेमतो गरेर कमाउधन्दामा लाग्नु दुर्भाग्यपूर्णः राजेन्द्र लिङ्देन

पुस १, २०८०
काठमाडौं
सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेमतो गरेर कमाउधन्दामा लाग्नु दुर्भाग्यपूर्णः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउधन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आइतवार अपरान्ह जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष लिङ्देनले राप्रपाको एजेण्डाका पक्षमा जनमत बढ्दै गएको निश्कर्षसमेत निकाले ।

‘समान विचार भएकाहरूसंग एकता, सहकार्य आवश्यक र सम्भव पनि छ । आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौं । राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ,’ उनले थपे ।

null

बैठकको प्रारम्भमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेका छन् । 

सो अवसरमा उनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै सत्ताकेन्द्रित नहुने स्पष्ट पारे ।

‘राप्रपाको सत्ताकेन्द्रित नभइ आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिइ सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुनेछ,’ उनले भने ।

बैठकमा महामन्त्री डा धवलशमशेर राणाले बृहद् आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेश गरेका छन् । आइतवार अपरान्ह प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेश गर्दैछन् । 

सबै प्रदेशको प्रतिवेदन पेश भइसकेपछि आइवार नै छलफल प्रारम्भ हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्