०२ साउन २०८३, शनिबार

टिप्परको ठक्करबाट २ युवाको मृत्यु : बीमाबाहेकको रकम दिने भएपछि आफन्तले बुझे शव

पुस १, २०८०
बुटवल
टिप्परको ठक्करबाट २ युवाको मृत्यु : बीमाबाहेकको रकम दिने भएपछि आफन्तले बुझे शव

दाङमा टिप्परको ठक्करबाट मृत्यु भएका दुई किशोरको शव घरपरिवारले बुझ्न सहमत भएका छन् ।

उचित क्षतिपूर्ति र चालकलाई कानूनी कारबाहीको माग राख्दै आफन्त तथा परिवारले आन्दोलनसमेत थालेका थिए ।

आइतवार जिल्ला प्रशासन कार्यालय घोराहीमा भएको दुई पक्षीय वार्ताबाट सहमति जुटेको हो ।

बीमाले तोकेको रकमभन्दा अतिरिक्त प्रति परिवार एक लाख ५० हजारका दरले थपेर राहत दिने सहमति भएको पीडित पक्षबाट वार्तामा बसेका बालेन्द्र केसीले जानकारी दिए ।

‘बीमाभन्दा अतिरिक्त डेढ/डेढ लाख रुपैयाँ दिने, निःशुल्क शवबहान उपलब्ध गराउने सहमति भयो’, उनले भने, ‘कानून बमोजिम हुने कारबाही र अन्य राहतको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।’

शुक्रवार साँझ घोराही उपमहानगरपालिका–१० झारबैरामन टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्युठानको झिमरूक गाउँपालिका–४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको थियो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उनीहरूको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।

सहमतिपछि अहिले पोष्टमार्टम शुरू भएको छ ।​

salt training

कमेन्ट गर्नुहोस्