
नेपाल प्रहरीले नक्कली 'ब्लुबूक'सहित ५ वटा क्रेटा गाडी बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट आइतवार ती गाडी बरामद गरेको कार्यालयका प्रवक्ता एसपी मिलन केसीले लोकान्तरलाई जानकारी दिए ।
केसीका अनुसार गाडीसँगै सिन्धुलीका दिलबहादुर घिसिङलाई पक्राउ गरिएको छ ।
भारतबाट गाडी भित्र्याउने अनि नक्कली ब्लुबूक बनाएर चलाउने गरेको पाइएपछि अनुसन्धानका क्रममा प्रहरीले ५ वटा गाडी बरामद गरेको हो ।