०२ असार २०८३, मंगलबार

सीता दाहालका मामासँग लगाए प्रचण्डले टीका

कात्तिक २०, २०७४
सीता दाहालका मामासँग लगाए प्रचण्डले टीका
काठमाडौँ, १४ असोज- पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विजया दशमीको टीका ग्रहण गर्नुभएको छ ।

त्यसपछि नेता ओलीले बेलुका ५ बजे मात्र आफ्ना पिताको हातबाट टीका ग्रहण गर्नुभयो । उहाँले आफ्नी श्रीमती राधिका शाक्यलाई टीका लगाएसँगै आफन्तजन, पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिनुभएको स्वकिय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, विजयादशमीको अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालका मामासँग टीका ग्रहण गर्नुभएको स्वकीय सचिव प्रकाश दाहालले राससलाई जानकारी दिनुभयो । त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री दाहालले धर्मपत्नी सीता र छोरा बुहारीलाई टीका लगाइदिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्