
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।
सोमवार बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ र सहायक कोषाध्यक्षमा प्रवीण कुमार यादवलाई नियुक्त गरेको हो ।
यस्तै, संघका कर्मचारी वसन्त रिजाललाई बर्खास्त गरिएको एन्फाले जनाएको छ ।
यस्तै, सोमवार बसेको बैठकले ब्लड क्यान्सरबाट पीडित एन्फा प्रशिक्षक प्रकाश अर्याललाई तीन लाख प्रदान गर्ने निर्णय गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन् एन्फाका अन्य निर्णय

