इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सन आज दुबईमा हुँदैछ । अक्सन नेपाली समयानुसार दिउँसो १ : १५ मा हुनेछ ।
अक्सनमा ३३३ खेलाडी सहभागी हुनेछन् । २१४ भारतीय, ११९ विदेशी र दुई एसोसिएट खेलाडी छन् ।
एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा छन् ।
नेपालबाट भने सर्ट लिष्टमा कुनै पनि खेलाडी अक्सनमा छैनन् ।