२७ जेठ २०८३, बुधबार

पर्सा प्रहरीद्वारा ९ हजार बढी गाँजाका बोट नष्ट

पुस ३, २०८०
पर्सा
पर्सा प्रहरीद्वारा ९ हजार बढी गाँजाका बोट नष्ट
फाइल फोटो

पर्सा प्रहरीले ९ हजार गाँजाको बोट नष्ट गरेको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरूले व्यावसायिक रुपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएर नष्ट गरेको हो ।

सो अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करिब नौ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका–३ स्थित रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका–४ र ५ स्थित देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरुपमा लगाएको छ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो । 

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले करिब ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । 

यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा  करिब डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा करिब १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरिएको थियो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका–३ र ४  मा स्थानीयवासीले दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजा र जिराभवानी गाउँपालिका–१ मा  छ कट्ठा एक धुर जग्गामा लगाएको गाँजाकोबोटहरू फँडानी गरी नष्ट गरिएको थियो ।

पर्साको ठोरी, पर्सागढी, बहुदरमाई, पोखरियालगायत स्थानहरुमा गाँजा खेती हुने गरेको छ।

अवैध रुपमा गाँजाखेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य स्थानमा पनि गाँजा फँडानीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्