०६ साउन २०८३, बुधबार

तापक्रम घट्ने क्रम जारी, कस्तो रहला आजको मौसम ?

पुस ४, २०८०
काठमाडौं
तापक्रम घट्ने क्रम जारी, कस्तो रहला आजको मौसम ?

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । 

आज दिउँसो देशभरको मौसम आंशिक बदली रहनेछ । केही ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

रातिको मौसम पनि दिउँसोजस्तै रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्