०६ साउन २०८३, बुधबार

डोनाल्ड ट्रम्प अर्को वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्न नपाउने

पुस ४, २०८०
काठमाडौं
डोनाल्ड ट्रम्प अर्को वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्न नपाउने

अमेरिकाको कोलोराडोस्थित सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन नपाउने फैसला सुनाएको छ । 

सर्वोच्चले मंगलबार ट्रम्पलाई ह्वाइट हाउसको लागि अयोग्य घोषित गरेको हो ।

आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ । 

सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उनी चुनावमा भाग लिन नपाउने सर्वोच्च अदालतको निर्णयमा भनिएको छ ।​

ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्