
श्रीलंकाका विदेश मन्त्री आज (बुधबार) नेपाल भ्रमणमा आउँदैछन् । विदेश मन्त्री मोहम्मद उवैस मेहम्मद अली आज नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन् । तीन दिने नेपाल भ्रमणमा आउन लागेका उनी शुक्रबार स्वदेश फर्कने तालिका रहेको छ।
भ्रमणका क्रममा विदेशमन्त्री मोहम्मद उवैसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेट गर्नेछन् ।