
पशुपति क्षेत्र विकास कोषले विभिन्न समयमा नियुक्त गरिएका एक सयभन्दा बढी सल्लाहकारहरू खारेज गर्ने निर्णय गरेको छ ।
आज बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णय खारेज गरेको हो ।
राज संस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका एक सय बढी सल्लाहकार खारेज गरिएको कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सचिवालयले जनाएको छ ।
परिषद् बैठकले पशुपति क्षेत्र परिषद्मा मदिरा बिक्री वितरणसमेत बन्देज गर्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरूको सुरक्षाका लागि सुरक्षा पोष्टहरू निर्माण गर्ने निर्णय गरेको ।