
श्रीलङ्काका विदेशमन्त्री एमयुएम अली साब्री चार दिने औपचारिक भ्रमणमा आज नेपाल आएका छन् ।
नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही पुस ५ र ६ गते काठमाडौंमा आयोगको बैठक हुँदैछ ।
विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नेछन् । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन् ।
भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
उनी यही पुस ७ गते काठमाडौंबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन् ।