२३ जेठ २०८३, शनिबार

तनहुँबाट १९५ थान लागुऔषधसहित १ जना पक्राउ

पुस ४, २०८०
काठमाडौं
तनहुँबाट १९५ थान लागुऔषधसहित १ जना पक्राउ

तनहुँ–इलाका प्रहरी कार्यालय आँबुखैरनीले १९५ थान  लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
  
जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागुऔषध बरामद भएको हो । 

प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ । निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्