२५ जेठ २०८३, सोमबार

नेपालीलाई रुसी सेनामा भर्ना नगर्न सरकारद्वारा फेरि आग्रह

पुस ४, २०८०
काठमाडौं
नेपालीलाई रुसी सेनामा भर्ना नगर्न सरकारद्वारा फेरि आग्रह

रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । 

मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको जनाएको छ ।

साथै मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल नेपाल फर्काउन रुसी राजदूतमार्फत रुसी सरकारलाई पुनःअनुरोध गरेको आज एक प्रेस विज्ञप्ति निकालेर बताएको छ । “रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्