०७ साउन २०८३, बिहीबार

डाबर नेपालले गर्‍यो ईएचसीएफलाई २५ लाख सहयोग

पुस ४, २०८०
काठमाडौं
डाबर नेपालले गर्‍यो ईएचसीएफलाई २५ लाख सहयोग

डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई)लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन (ईएचसीएफ)सँग ‘अर्थपूर्ण साझेदारी’ बनाएको छ । 

जसअन्तर्गत डाबर नेपालले आफ्नो सीएसआर पहलअन्तर्गत ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । 

काठमाडौंमा हालै आयोजित कार्यक्रममा डाबर नेपालकी अध्यक्ष तथा एमडी ईश्वरी राणा र नेपाल र म्यानमार– बिजनेस हेड हरकिरत बेदीले अनुदान हस्तान्तरण गरेका हुन् ।

अनिल पुरी (हेड–एचआर), रोहित रौनियार (निर्देशक–ईएचसीआर) र उज्ज्वलविक्रम थापा (संरक्षक–ईएचसीआर)को उपस्थितिमा ईएचसीआरका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरिएको थियो ।

डाबर नेपाल स्वास्थ्य र कल्याणको लागि हाम्रो निरन्तर प्रयासस्वरुप यस्तो साझेदारी गरिएको कार्यक्रममा जानकारी दिइयो । 

‘यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउँछ,’ अध्यक्ष राणाले भनिन् । 
 

कमेन्ट गर्नुहोस्