३१ जेठ २०८३, आइतबार

पहिचान लुकाएर भारतको गोवामा बस्दै आएका अभियुक्त ७ वर्षपछि पक्राउ

पुस ५, २०८०
काठमाडौं
पहिचान लुकाएर भारतको गोवामा बस्दै आएका अभियुक्त ७ वर्षपछि पक्राउ

हत्या आरोपमा फरार रहेका अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अंकित भन्ने जगत विक रहेका छन् । 

भारतबाट पक्राउ परेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो ।

हत्या आरोपी विक भारतको गोवाबाट पक्राउ परेका हुन् ।

कार्यालयका अनुसार उनी भारतको गोवामा सेक्युरीटी गार्डको काम गर्दै आएका थिए ।

२०७४ पुस ३० गते मकवानपुरको हाँडीखोला–७ की ५० वर्षीय अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोप उनीमाथि छ ।

अप्सराको हत्या आरोपी अर्का शिवराम अधिकारी जेलमा कैद भुक्तान गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्