
हत्या आरोपमा फरार रहेका अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अंकित भन्ने जगत विक रहेका छन् ।
भारतबाट पक्राउ परेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो ।
हत्या आरोपी विक भारतको गोवाबाट पक्राउ परेका हुन् ।
कार्यालयका अनुसार उनी भारतको गोवामा सेक्युरीटी गार्डको काम गर्दै आएका थिए ।
२०७४ पुस ३० गते मकवानपुरको हाँडीखोला–७ की ५० वर्षीय अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोप उनीमाथि छ ।
अप्सराको हत्या आरोपी अर्का शिवराम अधिकारी जेलमा कैद भुक्तान गरिरहेका छन् ।