२६ जेठ २०८३, मंगलबार

चेक रिपब्लिकको सबैभन्दा पुरानो विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु

पुस ६, २०८०
काठमाडौं
चेक रिपब्लिकको सबैभन्दा पुरानो विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु

चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा गोली प्रहार गरी १५ जनाको हत्या गरिएको छ । प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट १५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

 एक जना बन्दुकधारीले गोली प्रहार गरी १५ जनाको हत्या गरेका हुन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । 

गोलीकाण्डमा बन्दुकधारीको पनि मृत्यु भएको समाचारमा उल्लेख छ । गोली प्रहारबाट २४ जना घाइते भएका छन् ।

चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो ।

चेकका राष्ट्रपति पेटर पावेलले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्