०३ असार २०८३, बुधबार

भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिए

पुस ६, २०८०
काठमाडौं
भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिए

भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिकको ज्यान गएको छ । ​आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुइटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी उनीहरूको ज्यान गएको हो ।  

एम्बुसमा परी अरु दुई जवान घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो । 

घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्