२३ जेठ २०८३, शनिबार

काठमाडौं महानगरको परिपत्र- विद्यार्थीलाई अन्य पोसाक किन्न बाध्य नपार्नू

पुस ६, २०८०
काठमाडौं
काठमाडौं महानगरको परिपत्र- विद्यार्थीलाई अन्य पोसाक किन्न बाध्य नपार्नू

काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेकका अन्य पोसाक किन्न बाध्य नपार्न मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने छ ।

पछिल्लो समय निजी स्कूलहरूले विभिन्न चाडपर्वमा त्यससम्बन्धी पोशाक खरिद गरेर ल्याउन निर्देशन दिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्