१० साउन २०८३, आइतबार

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक ३७ हजार १३५ ताेक्न माग

पुस ९, २०८०
काठमाडौं
इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक ३७ हजार १३५ ताेक्न माग


इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ ।

निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो ।

सराेकारवाला निकायहरूसँगकाे चरणवद्द छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा  न्यूनतम ३७,१३५ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले जनाएको छ ।

न्यूनतम पारिश्रमिक तय नहुँदा शोषणमा परेका इन्जिनियरहरू विदेश पलायन हुने भन्दै एसोसियसनका अध्यक्ष हरि बहादुर दर्लामीले दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने तर्क गरे । 

एसोसिएसनको माग पत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । देशमा हाल करिब ८० हजार इञ्जिनियरहरू काममा छन् । जसमध्ये ७० प्रतिशतभन्दा बढी नीजि क्षेत्रमा कार्यरत रहेकाे एसाेसियसनले जनाएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्