२५ असार २०८३, बिहीबार

मन्त्री किराँतीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा राप्रपा महामन्त्री [तस्वीरहरू]

पुस ९, २०८०
काठमाडौं
मन्त्री किराँतीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा राप्रपा महामन्त्री [तस्वीरहरू]

सनातन धर्म–संस्कृतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । 

null

सोमवार काठमाडौंको गौशालाबाट शुरू भएर संसद् भवन नयाँ बानेश्वरतर्फ अघि बढेको प्रदर्शनमा विभिन्न हिन्दु संघ संस्थाका प्रतिनिधि र समर्थन सहभागी छन् । प्रदर्शनमा मन्त्री किराँतीविरुद्ध चर्को नाराबाजी भएको छ । 

null

समग्र धार्मिक समाजको आह्वानमा भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तासमेत पुगेका छन् । राप्रपा महामन्त्री धवलशमशेर जबरा पनि प्रदर्शनमा पुगेका हुन् ।

संसद् भवनतिर जाने भन्दै अगाडि बढेका प्रदर्शनकारीलाई प्रहरीले नयाँ बानेश्वर नपुग्दै आईल्पेक्स मलअगाडि रोकेको छ । 

null

प्रदर्शनमा सहभागिहरूले मन्त्री किरातीको राजीनामा माग गरेको प्लेकार्ड प्रदर्शन गरेका छन् । केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले क्रिष्टियन धर्म नमान्नेहरू संविधान विरोधी भएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको चर्को आलोचना भएको हो ।

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्