११ साउन २०८३, सोमबार

सुशासनको पक्षमा कलम चलाउन उपसभामुख रानाको आग्रह

पुस ९, २०८०
काठमाडौं
सुशासनको पक्षमा कलम चलाउन उपसभामुख रानाको आग्रह
फाइल फोटो

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छिन् । 

नेपाल पत्रकार महासङ्घ झापाको ३५औं स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने उनको भनाइ छ ।

विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरूले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो ।

‘हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरूलाई अघि बढ्न म आग्रह गर्दछु’, उनले भनिन्, ‘लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ ।’

उनले कानून मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गरिन्। 

कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको थियो ।

उनीहरूलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रु १० लाख सहयोग प्रदान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्