२९ असार २०८३, सोमबार

इजरायली नौसेनाको हवाई हमलाबाट गाजामा हमासका १ जना कमाण्डर मारिए

पुस १०, २०८०
काठमाडौं
इजरायली नौसेनाको हवाई हमलाबाट गाजामा हमासका १ जना कमाण्डर मारिए

तेल अविव-इजरायली नौसेनाले गाजा पट्टीमा हमासका आतङ्ककारी टोलीहरूलाई आक्रमण गरेको दाबी गरेको छ ।  

इजरायली रक्षा बलले सोमवार बिहान बताएअनुसार आईडीएफले नौसेनाले हमासका कार्यकर्ताहरू लुकेका थुप्रै भवनहरूमा आक्रमण गरेको छ।  

साथै नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेका स्थानहरूमा पनि आक्रमण गरेको दाबी गरेको छ । 

यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाई हमलामा हमासका एक जना कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ । 

गत अक्टोबर ७ मा गाजा सीमानजिक इजरायली समुदाय लक्ष्यित हमासको आक्रमणमा कम्तीमा १ हजार २०० जनाको  मृत्यु भएको थियो ।

गाजामा हमासले बन्दी बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीहरूको सङ्ख्या अहिले १२९ रहेको विश्वास गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्