२९ जेठ २०८३, शुक्रबार

'नेपाल–ल्हासा सिधा उडान' नेपाल–तिब्बत सम्बन्धको दोस्रो सेतु : मन्त्री किराँती

पुस १२, २०८०
काठमाडौं
'नेपाल–ल्हासा सिधा उडान' नेपाल–तिब्बत सम्बन्धको दोस्रो सेतु : मन्त्री किराँती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल-ल्हासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताएका छन् । बिहीबार हिमालाइन एयरलाइन्सको काठमाडौं-ल्हसा उडानको उद्घाटन गर्दै  मन्त्री किराँतीले यस्तो बताएका हुन् । 'सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ,' उनले भने, 'अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान हुनेछ ।'  

चिनियाँ बौद्ध धर्मावलम्बीको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनले बताए । एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको उनले दोहोर्‍याए । 

कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङपछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससँगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रूपमा हिमालाइन एयरलाइन्स रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्