३० असार २०८३, मंगलबार

इन्जिनियरलाई कालोमोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

कात्तिक २०, २०७४
इन्जिनियरलाई कालोमोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

चितवन, १६ असोज– रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका अर्का कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन् ।

पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ ।

असोज १ गते ढुंगानालाई उनीहरुसहित चार÷पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिल छर्कनुका साथै छ बुँदे पम्प्लेट छरेर गएका थिए । अन्य व्यक्तिको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्