×

NMB BANK
NIC ASIA

फस्टाउँदै अवैध हुण्डी कारोबार

विराटनगरमा मौलाउँदै हुण्डी: भरिया मात्रै पक्राउ गर्छ प्रहरी, मालिकसम्म पुग्दैन अनुसन्धान

विराटनगर | पुस १३, २०८०

NTC
Premier Steels

विराटनगरमा पटक-पटक स्रोत नखुलेको अवैध रकम बरामद भइरहेका छन् । बुधबार १९ लाख ९० हजार रुपैयाँ नगदसहित विराटनगरबाट सुनसरी देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षे सुरेन्द्रप्रसाद साह पक्राउ परे । स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनी जय माता ट्रेडर्स देवनगन्जमा धान चामलको व्यापार गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ । 

Muktinath Bank

अवैध रकम हुण्डीको पैसा गन्तव्यसम्म लैजाँदै गर्दा प्रहरीले विराटनगर–६ केशलिया मार्गबाट साहलाई पक्राउ गरेको हो । यसअघि कार्तिक १४ गते २१ लाख ८७ हजार रुपैयाँसहित एक जना १६ वर्षे बालक पनि पक्राउ परेका थिए । उनले पनि हुण्डीबापत भुक्तानी गर्नुपर्ने रकम ढुवानी गरेको प्रहरीको दाबी थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुण्डी कारोबारीले १८ वर्ष उमेर नपुगेका बालबालिका कानुन नलाग्ने भन्दै अपराधमा बालबालिका प्रयोग गरेको भनिएको थियो । उक्त घटनाबाट हुण्डी कारोबारमा विकेक गुप्ता र मनोज साह संलग्न रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीको अनुसन्धानबाट खुलेको थियो । घटनापछि उनीहरू फरार छन् । साह सुनचाँदी पसल व्यवसायी रहेको बुझिएको छ । उनीहरू भारतमा रहेको प्रहरी स्रोतले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

अदालतबाट पक्राउ पूर्जी जारीगरी अनुसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । उनीहरूलाई फरार अभियुक्त बनाएर अदालतमा अभियोग लैजाने तयारी गरिएको छ । 

Vianet communication

फागुन २६ गते विराटनगर–१५ सुडी बस्ती बस्ने धर्मानन्द साहलाई पनि प्रहरीले हुण्डीको रकमसहित विराटनगरबाट पक्राउ गरेको थियो । प्रहरीले साहको साथबाट ४ लाख ७५ हजार रुपैयाँ बरामद गरेको थियो । 

गत माघ २६ गते विराटनगर १५ बस्ने रंजितकुमार साहको साथबाट प्रहरीले हुण्डीको ९ लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । 

अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त राय गत असोज २७ गते नगद १० लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ परेका थिए । 

हुण्डीको कारोबार गर्ने उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि मोरङ प्रहरीले विराटनगर–७ बाट हुण्डीको कारोबार गर्ने अर्का स्थानीय ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँसहित पक्राउ गर्‍यो । प्रहरीले उनलाई कात्तिक ३ गते हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको थियो ।

यसले विराटनगरमा अवैध हुण्डी कारोबार फस्टाएको देखाउँछ । चालु आर्थिक वर्षको चार महिनामा मात्रै मोरङ प्रहरीले हुण्डीको रकमसहित चार जनलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै भरिया मात्र हुन् । भरिया पक्राउ परे पनि सञ्चालकसम्म अनुसन्धान पुग्न सकेको छैन । 

प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धान र कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने गरेको छ । अनुसन्धान कार्यालयका अधिकृतहरू पनि प्रहरीले पक्राउ गरेर दिएको बाहेक थप अनुसन्धान गर्दैनन् । बरु उनीहरूले पनि धरौटीमा छाड्ने गरेका छन् । 

‘हुण्डीमा संलग्न गिरोहको कनेक्सन भरिया र हुण्डी कारोबार गर्ने मुख्य मान्छेबीच चिनजान नै हुँदैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर पनि मुख्य अभियुक्त पक्राउ गर्न सकिरहेका छैनौं ।’

विराटनगरमा विभिन्न व्यवसाय, सहकारी र संस्थाहरू सञ्चालनको नाममा हुण्डी कारोबार हुने गरेको प्रहरीको भनाइ छ । हुण्डीको पैसा बोकेर सम्बन्धित ठाउँमा पुर्‍याउने भरियालाई मात्र पक्राउ गरिरहँदा अवैध हुण्डीको कारोबार गर्ने मुख्य नाइकेहरू भने सुरक्षित रहँदै आएका छन् । 

अवैध हुण्डीको कारोबार गर्ने गिरोहले एक लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन् । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैंकबाट १० लाखभन्दा बढी रकम पठाउँदा स्रोत खुलाउनुपर्ने भएकोले अवैध धन्दा गर्नेहरूले हुण्डीको प्रयोग गर्दै आएका छन् ।

हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउनु नपर्ने र राजस्वसमेत छल्न पाइने भएकोले विराटनगरमा धन्दा फस्टाउँदै गएको प्रहरीको निष्कर्ष छ । यसको जालो अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको प्रहरीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x