२८ जेठ २०८३, बिहीबार

महोत्तरीमा ४० हजार  गाँजाको बिरुवा नष्ट

पुस १३, २०८०
महोत्तरी
महोत्तरीमा ४० हजार  गाँजाको बिरुवा नष्ट
फाइल तस्वीर

महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिघा क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरेको हो । 

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्