३० जेठ २०८३, शनिबार

पौवा भैरहवामा ‘न्यु इयर इभ–२०२४’: पशुपति शर्मा र रचना रिमालको प्रस्तुति रहने

पुस १३, २०८०
काठमाडौं
पौवा भैरहवामा ‘न्यु इयर इभ–२०२४’: पशुपति शर्मा र रचना रिमालको प्रस्तुति रहने

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा होटल पौवाले भैरहवा शाखामा न्यु इयर इभ २०२४ गर्ने भएको छ । 

नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्रान्डिङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्न भैरहवामा न्यु इयर इभ गर्न थालेको हो । 

होटल पौवाका अनुसार पुस १५ गते साँझ आयोजना हुने इभमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा र आधुनिक संगीत क्षेत्रकी चर्चित गायिका रचना रिमालको प्रस्तुति रहने छ भने अमित बरालको ब्याण्डसहित स्थानीय कलाकारहरूले इभमा मनोरञ्जन प्रदान गर्नेछन् । 

प्रवेश निःशुल्क रहने इभमा प्रवेश गर्ने ग्राहकहरूका लागि एकै पटक १ हजार जनालाई पूर्ण सेवा दिन सकिनेगरि व्यवस्थापन गरिएको पौवाका जनसम्पर्क तथा ब्रान्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए । 

नेपाली परिकार र परम्परागत नेपाली सत्कारलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको पौवाले अंग्रेजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपालीपाराको सत्कार, परिकार र सेवा प्रदान गर्ने तयारी गरिएको पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए । 

पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरूको मौलिक परम्पराहरूमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपाली हस्पिटालिटीको मुल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १२  वटा शाखा रहेका छन् भने १३ औं शाखाका रुपमा नेपालगन्जमा निर्माण कार्य सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवाली बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्