०४ साउन २०८३, सोमबार

चार बिगाहामा लगाइएको ४० हजार गाँजाको बिरुवा नष्ट

पुस १३, २०८०
महोत्तरी
चार बिगाहामा लगाइएको ४० हजार गाँजाको बिरुवा नष्ट
फाइल फोटो

महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीवार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए ।

कमेन्ट गर्नुहोस्