०९ असार २०८३, मंगलबार

पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

पुस १३, २०८०
कास्की
पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
फाइल फोटो

कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दीको धौलागिरि गाउँपालिका – ७ ताकम घर भई हाल पोखरा महानगरपालिका – २९ नौबीसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्ती रहेका छन् ।

२८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको अभियोगमा उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रत्नले पोखरा महानगरपालिका – २९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्