२६ जेठ २०८३, मंगलबार
मन्त्रीको गाडीमा आगजनी

बालकुमारीमा यातायात मन्त्रीको गाडीमा आगजनी

पुस १३, २०८०
काठमाडौं
बालकुमारीमा यातायात मन्त्रीको गाडीमा आगजनी
तस्वीर सौजन्य: केशव सापकोटा ।

रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगनजी गरेका छन् ।

पार्टी कार्यालयबाट मन्त्रालय जाने क्रममा उनको गाडीमा आगजनी भएको हो । 

परीक्षाको विषयलाई लिएर आन्दोलनरत उनीहरूले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारी क्षेत्रमा मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार ल्याण्ड क्रुजर प्राडो गाडी खानेपानी मन्त्रालयको हो ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

इपीएस परीक्षाको विषयलाई लिएर उनीहरू आन्दोलित छन् । 

salt training

कमेन्ट गर्नुहोस्