२५ असार २०८३, बिहीबार

बालकुमारी घटना : एक प्रदर्शनकारीको मृत्यु

पुस १३, २०८०
काठमाडौं
बालकुमारी घटना : एक प्रदर्शनकारीको मृत्यु

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका एक युवकको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते अवस्थामा किस्ट अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो ।

यता प्रहरीले भने टियर ग्यासले लागेर मृत्यु भएको दाबी गरेको छ ।

'टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको हो,' ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले लोकान्तरसँग भने ।

मृतकको नाम सुदन राउत र घर दैलेख रहेको एसपी कार्कीले बताए ।

प्रदर्शनकारीले यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्