
संसारका सबभन्दा महंगा तरल पदार्थमा बिच्छीको विष पनि पर्छ । यसको एक लिटरको मूल्य एक अर्ब डलरभन्दा बढी पर्छ ।

लीउरुस क्विन्क्वेस्ट्रियाटस प्रजातिका यी बिच्छीको विष स्वास्थ्य विज्ञानका लागि वरदान नै हो ।
इजरायलको तेल अभिभ विश्वविद्यालयका प्राध्यापक माइकल गुरेभिट्जका अनुसार, यो विष कैयौं स्वास्थ्य अनुसन्धान र उपचारका लागि प्रयोग भइरहेको छ । यी बिच्छीहरूको विषमा भएका केही तत्त्वले पेनकिलरको काम गर्छन् ।
सन् २०१३ मा प्रकाशित फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरको प्रतिवेदनअनुसार, यो विषले क्यान्सरलाई समेत रोक्न सक्छ । यसले क्यान्सरकारक कोशिका बन्नबाट रोक्छ ।
अर्गन ट्रान्स्प्लान्टमा पनि यो विषले सहायता पु–याउने रिपोर्टमा लेखिएको छ । कहिलेकाहीँ शरीरमा नयाँ अंग हाल्दा शरीरले त्यसलाई अस्वीकार गरिदिन्छ । यस्तो स्थितिमा विषका केही तत्त्वमा सिन्थेटिक परिवर्तन ल्याएर शरीरमा राखिन्छ । यसले सिधै शरीरको रोगप्रतिरोधात्मक क्षमतामा काम गर्छ । यसो हुँदा अर्गन रिजेक्ट हुने सम्भावना कम हुन्छ ।
वाथरोगलाई पनि यो विषले कम गरिदिन्छ । रिपोर्टअनुसार, यसले हाडहरूलाई घिसिन दिँदैन ।
सन् २०११ म क्युबाका एक व्यक्तिले आफूलाई बिच्छीबाट टोकाउने गरेको अनि यसले गर्दा शरीरका सबै पीडा भाग्ने गरेको बताएका थिए ।
एजेन्सी