१० साउन २०८३, आइतबार

श्रीलङ्कामा डिसेम्बरमा १९ हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित

पुस १३, २०८०
काठमाडौं
श्रीलङ्कामा डिसेम्बरमा १९ हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित

कोलम्बो–श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ ९एनडीसीयू० ले शुक्रवार जानकारी गराएको छ । 

एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो । डेङ्गु सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले जानकारी गराएको छ । 

श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ ।    कोलम्बो जिल्लामा सबैभन्दा बढी २१।१ प्रतिशत सङ्क्रमित भेटिएका छन् ।  

 श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले वर्षा याममा यो रोग फैलन सक्ने चेतावनी दिएका छ

salt training

कमेन्ट गर्नुहोस्