०६ असार २०८३, शनिबार

विप्लवले पनि लगाए दशैंको टीका-जमरा

कात्तिक २०, २०७४
 विप्लवले पनि लगाए दशैंको टीका-जमरा
काठमाडौं १६ असोज– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि दशैंको टीका लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैंमा टीका लगाएको फोटोले सामाजिक सञ्जालमा चर्चा पाइरहेको समयमा विप्लवले टीका लगाएको फोटो सार्वजनिक भएको हो ।


विप्लवले विगत बर्षदेखि नै टीका लगाउदै आएका थिए । धर्मलाई अफिम मान्ने कम्युनिष्ट नेताले दशैंको टीका लगाएको भन्दै नेकपाका एक नेताले प्रचण्ड विरुद्ध कटाक्ष गरेका थिए । विप्लवको पार्टीका नेता धर्मेन्द्र बास्तोलाले प्रचण्डले टीका लगाएको देख्दा स्वर्गमा रहेका माओ लाजले टाउको फर्काएको हुनुपर्छ भनेर टिप्पणी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्