२४ जेठ २०८३, आइतबार

माओवादी–एमाले तालमेल, के होला देउवा सरकारको भविष्य ?

कात्तिक २०, २०७४
 माओवादी–एमाले तालमेल, के होला देउवा सरकारको भविष्य ?
काठमाडौं १६ असोज– मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा माओवादी केन्द्रले नेकपा एमालेसंग चुनावी तालमेल गर्ने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य अन्यौलमा परेको छ ।

सत्तासाझेदार माओवादी केन्द्रले एमालेसंग तालमेलको तयारी गरेपछि देउवा नेतृत्वको सरकारको भविष्य संकटमा परेको हो । एमाले र माओवादी केन्द्रबीच मंगलवार चुनावी तालमेलको घोषणा गर्ने तयारी भएको उच्च स्रोतको दावी छ ।

एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने तयारी गरेको माओवादी कुनैपनि समय सरकारबाट बाहिरिने संकेत देखिएको छ । माओवादी सरकारबाट बाहिरिएमा देउवा सरकार अल्पमतमा पर्ने निश्चित छ ।

चुनावको मिति घोषणा भइसकेको र आचार संहिता समेत लागू भइसकेको अबस्थामा प्रधानमन्त्री देउवा विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार गठन गर्ने प्रक्रिया झण्झटिलो हुने ठानिएको छ ।

माओवादीले एमालेसंग हठात चुनावी तालमेलको कुरा अगाडी सारेपछि कांग्रेसभित्र तरंङग पैदा भएको छ ।
माओवादीको समर्थनमा देउवा गत जेठ महिनामा प्रधानमन्त्री बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्