२८ जेठ २०८३, बिहीबार
सम्झौताको बचाउ

संसदीय समितिमा प्रधानमन्त्री- २० करोडसम्मको परियोजनामा भारत एक्लैले निर्णय गर्ने होइन

पुस २०, २०८०
काठमाडौं
संसदीय समितिमा प्रधानमन्त्री- २० करोडसम्मको परियोजनामा भारत एक्लैले निर्णय गर्ने होइन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन् । शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौता कल्पना नगर्ने बताएका हुन् । 

छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 'हिजो भारतीय विदेशमन्त्रीसँग मेरो वान टु वान र नेपाली प्रतिनिधिमण्डलसहित भेट भएको थियो। भेटमा मैले नेपालको राष्ट्रिय हित र विद्युत व्यापार सम्झौताबारे नै कुरा गरेको छु,' उनले भने, 'विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ। नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ।'

null

२० करोडसम्मको परियोजनामा भारत एक्लैले निर्णय गरेर सहयोग गर्न नपाउने उनले बताए । '२० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने होइन । यसमा नेपालको पनि निर्णय र साझेदारी रहन्छ,' उनले भने, 'मुख्य कुरा जसले उत्पादन गरेको भए पनि दश वर्षमा दश हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता भएको छ । अरू कुनै भ्रम राख्न जरूरी छैन । सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुन्छ।'

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । यसअघि भारतले यस्ता परियोजनामा बढीमा पाँच करोड रुपैयाँ खर्च गर्न पाउँथ्यो । 

salt training

कमेन्ट गर्नुहोस्