राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन् ।
भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी तनहुँ पुगेका हुन् ।
राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि गृह जिल्ला पुगेका थिए ।